एसईईको रिजल्टमा लापरबाही, फेरियो हजारौं विद्यार्थीको नतिजा
११ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । केहीले राजनीतिक मुद्दामा केन्द्रित रहेर सामग्री पस्केका छन् भने कुनैको ध्यान आर्थिक, सामाजिकलगायत विषयमा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चीन भ्रमणबाट फर्किए पनि यसको चर्चा सेलाएको छैन । भ्रमणको उपलब्धिबारे केन्द्रित पत्रपत्रिकाहरुले प्रधानमन्त्रीले विमानस्थलमा व्यक्त गरेको भनाइलाई विभिन्न शीर्षकमा ‘कभरेज’ गरेका छन् ।
एसईईको शनिबार प्रकाशित नतिजामा देखिएको लापरबाहीलाई पनि पत्रपत्रिकाहरुले आज उठाएका छन् । पत्रपत्रिकाहरुका अनुसार पहिलो र दोस्रो दिन फरक–फरक जीपीए देखाउँदा हजारौं विद्यार्थीको नतिजा फेरिएको छ ।
यसका अतिरिक्त डेरीको लापरबाही, भुक्तानी नदिने उद्योगीलाई पक्रन गृहले दिएको निर्देशन, विगतदेखिकै असारमा विकास बजेट सक्ने प्रवृत्ति, स्थानीय तहमा विनियोजन गरिएको बजेटलगायत विषयले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान र महत्त्व पाएको छ ।

Comments
Post a Comment