प्रदेश २ सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग
प्रदेश २ को सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
घाइतेको प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री विजयकुमार यादवले जानकारी दिए । सहयोग दिने मापदण्ड सरकारले निमार्ण गरिसकेको र सख्त घाइतेको अवस्था हेरेर अधिकतम ३ लाखसम्म र अन्य घाइतेको अवस्था हेरेर सहयोग उपलब्ध गराउने उनले बताए ।
मन्त्रिपरिषदको बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न समिति समेत गठन गरेको छ । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठित उक्त समितिमा सबै मन्त्रालयका सचिवलाई पदेन सदस्य राखिएको छ ।

Comments
Post a Comment