ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना
ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना काठमाडौं – धापासीमा रहेको ग्राण्डी अस्पतालमा अवतरणका क्रममा रहेको हेलिकप्टर दुर्घटनामा परेको छ त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट आएको हेलिकप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दिउँसो दुर्घटनामा परेको हो । सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन भएको हेलिकोप्टर ल्याण्ड गर्ने स्थानभन्दा अन्यत्र खसेको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । डाक्टरलाई रिसिभ गर्न ग्रान्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको पोखरेलले बताउनुभयो । हेलिकोप्टर माथिल्लो तलाबाट एक तला मुनी खसेको थियो । दुर्घटनाबाट हेलिकोप्टरमा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट हेलिकप्टर निकाल्ने प्रयास भइरहेको छ । हेलिकप्टरमा पाइलट हरेराम थापा मात्रै रहेको र उनी पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ